श्रावण महिना सुरु भएसँगै बजारमा हरियो चुरा, पोते तथा मेहेन्दी किन्ने महिलाहरूको चहलपहल बढेको छ। विशेषगरी श्रावणभर हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्पराका कारण बजारमा किनमेल गर्नेको संख्या बढ्न थालेको हो।

व्यापारीहरूका अनुसार श्रावणको पहिलो दिनदेखि नै हरियो सिंगार सामग्रीको माग उल्लेख्य रूपमा बढेको छ। श्रावणभर यस्ता सामग्रीको व्यापार अझ बढ्ने अपेक्षा गरिएको छ।

