काठमाण्डौं,
आज होलि पर्ब देशका बिभिन्न ठाउमा कार्यक्रम आयोजना गरि अथवा आफन्त साथीभाई भेला भएर रंग ,पानी मिसाएर होलि खेल्ने परम्परा चलिआएको थियो ।बिगत ४/५ वर्षदेखि त होलीलाई एउटा रास्ट्रिय पर्बकै रुपमा मनाउदै आइरहेको अवस्था थियो । हरेक वर्ष फागुन महिना लाग्नेबित्तिकै काठमाडौंमा होलीको रौनक देखिन सुरु गर्छ। सहरका स-साना गल्लीदेखि ठूला पसलसम्म, फुटपाथदेखि सुपरमार्केटसम्म पनि होलीको रमझमले रङ्गिसकेका हुन्छन्। विभिन्न कलाकार, साङ्गीतिक समूह, चलचित्रकर्मी, सञ्चारमाध्यम लगायतले होलीकै अवसर पारेर कार्यक्रम आयोजना गर्ने गरेका छन्। तर, यो वर्ष भने काठमाडौंमा होलीको रौनक त्यत्ति लागेको देखिँदैन।
हरेक वर्ष चलचित्र क्षेत्रका कलाकारलाई सामेल गराउँदै होलीको कार्यक्रम गर्ने करिश्मा मानन्धरले यस वर्ष भने होलीको त्यस्तो कुनै पनि कार्यक्रम राखेकी छैनन्। अघिल्लो वर्ष एसइईको परीक्षा भएकाले होलीको कार्यक्रम नराखेकी उनले विगतका वर्षमा भने नियमित रूपमा नै होलीको माहोल बनाउने गरेकी थिइन्। यस वर्ष भने कोरोना भाइरसकै डरका कारण होलीमा कुनै पनि कार्यक्रम नराखेको उनी बताउँछिन्। त्यसो त, सरकारले नै यस पटकको होली भीडभाड गरेर नमनाउनु भन्ने औपचारिक सूचना प्रवाह गरिसकेको छ। चीनबाट विश्वका आधाभन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरस (कोभिड-१९)का कारण सरकारले नै होली नमनाउनु भनेको हो। ‘होलीमा विगतमा जस्तो भीडभाड र भेला जम्मा हुने, लोलापानी फ्याँक्ने, शरीरमा रङ दल्ने, अबिर दल्नेलगायतका कार्यहरू जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्न नगराउन अनुरोध छ,’ फागुन २४ गते गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि सोही आशयको विज्ञप्ति जारी गरेको छ। साथै, कोरोना भाइरसको जोखिम हुने भन्दै कतिपय स्थानीय निकायले पनि होलीका कार्यक्रम नगर्न तथा रङ नखेल्न सूचना जारी गरेका छन्। सकारण यस वर्ष अधिकांश होलीका कार्यक्रम स्थगित भएका छन्। यसकारण पनि यसपालिको होलि सुनसान देखिएको छ