Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

(कोभिंग १९) सृजित आपूर्ति व्यवस्थामा सरकार बेलैमा प्रभाबकारी कदम नचाले भयङ्कर अवस्था सिर्जना हुन सक्छ।

(कोभिंग १९) सृजित आपूर्ति व्यवस्थामा सरकार बेलैमा प्रभाबकारी कदम नचाले भयङ्कर अवस्था सिर्जना हुन सक्छ।

कोरोना भाईरस(कोभिंग १९) अहिले १०० भन्दा बडी मुलुकमा फैलेसकेको छ। अहिलेसम्म नेपालमा त्रास फैलियेपनी सौभाग्य भन्नु पर्छ १ जना पनि बिरामी फेला परेका छैनन्। त्यसो भन्दैमा ढुक्क हुने अवस्था छैन नेपाल-भारत बीच खुल्ला सिमा छ । नेपालका मध्ये र सुदरपस्चिम जिल्ला बाट भारतमा रोजगारीका लागि जाने संख्या पनि धेरै छ। खुल्ला सिमा व्यबस्थापन मा अब त सरकार गम्भीर हुनुपर्छ। विभिन्न खाले चुनौती को ब्यबस्थापन गर्न , देश को भूभाग बचाउन तथा अपराधिक क्रियाकलाप रोक्न समेत अब त सिमा मा तारबार आवत- जावत मा भिसा, पासपोर्ट लागु गर्न अलमल गर्नु हुदैन।

अर्को तिर संसारभर कोरोना आतंकले उद्योग व्यापार रोजगारी आयात-निर्यात मा समस्या सिर्जना हुदै गएको छ। बजारमा सामानको आपूर्तिमा अभाब सिर्जना भएको छ। मुल्यमा एक रुपता छैन कालोबजार फस्टाउदो छ। नेपाल सरकारको भूमिका यतिबेला गम्भीर हुन पर्निमा सामान्य बिज्ञप्ति निकालेर कहिँ कतै सामानको आपूर्ति मा असहज भये यति नम्बर मा फोन गर्नु भनेर आफ्नो कर्तब्य पुरा भएको थानेको छ। हिजो खाद्यान्न निर्यात हुने देश आज पूर्ण रुपमा आयातमा निर्भर रहेको छ। खादान्य फलफुल अरु उपभोग्य समानहरु बिस्वका धेरै मुलुक बाट आयात गरेर निर्भर हुनु परेको अबस्था छ। विभिन्न मुलुकले आफ्ना देशका नागरिकको पक्षमा काम गरेको हुन्छ निर्यातमा कटौती गर्छन त्यसको असर हाम्रो देशमा पनि पर्दछ। यसको आशार पूर्व नै बजारमा कालो बजारी फस्टाएको छ ग्यास, खाद्यान्न,औसधि लगायतमा कालो बजार क कारण ले नागरिक आक्रान्त भएका छन्। सरकार भने बिज्ञप्ति निकालेर मात्र बसेको छ। यो अति सम्बेधन्सिल अबस्थामा सरकार,ब्यबसाही तह आम नागरिक एकै ठाउमा बसेर कसरि समस्या समाधान गर्ने गम्भीर चिन्तन हुन आवश्यक छ।

अहिले नागरिक र ब्यबसाही बह्न्दा पनि सरकार नै सम्बेधनसिल भएर बजारमा भईरहेको कालो बजारी रोक्नका लागि कडा भन्दा कडा कानुनी कारबाही गरेर नियन्त्रण मा रक्नु पर्दछ भने सरकार स्वयम्का मातहतमा रहेका स्टेट कम्पनी हरु नेपाल खाद्यान्न संस्थान,नेअप्ल आयल निगम र साल्ट ट्रेडिङ समेत कम्पनी बाट उपलब्ध हुने ,माल सामानहरु सर्भसुलभ उपलब्ध गराउने व्यबस्था हुनुपर्छ।

आजको सोचनीय बिषय भनेको देशमा भएको खति बाझै राखेर आयात गरेर खाने बानि नत्यागे सम्म आत्म निर्भर हुन सकिदैन ।यसमा सरकारले नीति नै बनाएर नागरिकको साथ् लिएर अगी बढ्नु को अर्थ छ बिगतमा भएका क्राइसिस जस्तो सरकारले सामान्य रुपमा लिएर बिज्ञप्ति निकालेर मात्र बस्यो भने बिस्व ब्यापी समस्या भएका ले समस्या समाधान गर्न सरकार सक्षम् हुने छैन । आर्थिक उतार चडाब पनि व्यापक हुने छ यसको समाधानको लागि पहिले सरकारले सरकार सजक भएर आफ्ना अनाबस्यक खर्च व्यापक कटौती गर्नु पर्दछ भने नागरिकलाई पनि फजुर खर्च कटाएर अति आवश्यक बस्तु र सेवाको मात्र प्रयोग गर्न र स्वच्छ खानेकुरा उपभोग गर्न आमनगरिकलाई सुचित गर्नु अति आवश्यक छ बेलैमा गम्भीर भएर नोसोचिएको खण्डमा देशमा भयंकर अरजक्ता लुटपाट फैलन सक्दछ त्यो अवस्था आउन नदिन सरकारको दयित्वो र कर्तव्य पनि हो समयमै मनन गरोस।

-(कोरोना भाग ३ )