Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आफ्नो श्रीमानको सम्झनामा स्वेता खड्काले क्यान्सर अस्पताल बनाउँदै

आफ्नो श्रीमानको सम्झनामा स्वेता खड्काले क्यान्सर अस्पताल बनाउँदै

काठमाण्डौ,

चलाचित्र क्षेत्रकि नायिका स्वेता खड्काले गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पतालको शिलन्यास गरेकी छिन् ।आज नायिका खड्कासहित विभिन्न व्यक्तिहरुले संयुक्त रुपमा अस्पतालको शिलन्यास गरेका छन् । नायिका खड्काले क्यान्सर अस्पतालको शिलन्यास गर्न पाउँदा आनन्दको महशुश समेत भएको उल्लेख गरेकी छिन् ।

क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई पनि गुमाएको भन्दै उनले आफू लामो समयदेखि क्यान्सर रोगविरुद्ध मानसिक युद्द समेत लडिरहेको उल्लेख गरेकी छिन् । उनले, विगत ५ बर्षदेखि क्यान्सर अस्पताल निर्माण गर्ने धोको राखेको बताउँदै अब त्यो पुरा हुने बाटोमा गएको उल्लेख गरेकी छिन् । उनले, यो अस्पताल निर्माण भएपछि क्यान्सर पीडितहरुले स्वच्छ रुपमा सेवा पाउने समेत विश्वास व्यक्त गरेकी छिन् ।