Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

14 फेब्रुअरी मा हुने भनेको नेहा र आदित्यको बिबाह किन भएन ? नेहाले गरिन खुलासा

14 फेब्रुअरी मा हुने भनेको नेहा र आदित्यको बिबाह किन भएन ? नेहाले गरिन खुलासा

काठमान्डौ,

इन्डियन रियालिटी सो इन्डियन आइडल कि जज नेहा ककर को बिबाह १४ फेब्रुअरी अर्थात प्रेम दिवसको दिन हुने भनेर बाहिर आएको थियो । तर अहिलेसम्म हल्ला ,हल्लामै सिमित भयो । टेलिभिजनमा प्रशारण भएको रियालिटी शो ‘इन्डियन आइडल–११’ सिजनमा नेहा कक्कर र आदिन्य नारायण झाको विवाहले निकै चर्चा पायो । आदित्य र नेहाको विवाह भ्यालेन्टाइन डेको दिनमा हुने पक्का भनेर समाचारहरु बाहिरिए । उनीहरुको विवाहलाई लिएर गायक उदितदेखि धेरैले चर्चा समेत गरे ।

तर, केही समयपछि उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको र विवाह पनि नक्कली भएको खुलासा भयो । त्यस विषयमा आदित्य र उदित दुवैले खुलेरै विवाहको विषय शोको टिआरपी बढाउनकै लागि गरिएको नाटक भएको बताएका थिए । यसपछि, नेहाले पनि यस विषयमा बोलेकी छिन् । नेहाले विवाहको कुरा नाटक मात्रै भएको खुलाएकी छिन् । उनले आदित्यको आफ्नै प्रेमिका भएको र निकट भविष्यमा नै उनले ती युवतीसँग विवाह गर्ने समेत खुलाएकी छिन् ।