Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यस्ता धुन्नुकारिले देश ध्वस्त पार्ने भए

यस्ता धुन्नुकारिले देश ध्वस्त पार्ने भए

काठमाडौँ : शतिले सरापेको देश भनेर चिनिएको हाम्रो देश २००७ /२०७६ को अवधिको समिक्षा गर्दा साशन सत्तामा बस्नेहरुमा लोभ ,पाप ,भ्रस्ट प्रवृति, आफन्तबाद ,र गुट,उपगुटको कारणले राजनैतिक स्थिरता भएन । निपछरो आर्थिक हैसियतका तनाहा लोभी ,पापी भ्रस्ट प्रवृतिको बाहुल्यता भयो आफ्नो स्वार्थका लागि जे पनि गर्न पछी पर्ने भएनन । हिजोको शाही सत्तामा सारा नागरिकका हक, अधिकार खोसिएका थिए नागरिकका आधारभूत हक ,अधिकार कुण्ठित थिए भनेर बिदेशी गुप्तचर तथा अन्तरास्ट्रिय गैर सरकारी संस्थाको सहयोगमा देशको आर्थिक ,समाजिक ,मानवीय र भौतिक सम्पति ध्वस्त पारेर संबिधानसभाको गठन गरे यसबाट अपूर्ण संबिधान लेखे देश र नागरिकलाइ हेरेनन् । सधै गुट उपगुट कुर्सीकै रसाकसिमा मुलुक बर्बाद पार्ने भ। हिजो खाधान्न निर्यात गर्ने देश आज आयतमा निर्भर भएको छ । देशको उद्योगधन्दा ध्वस्त पारेका छन् छिमेकीले देशको सिमा मिच्दा चु बोल्दैनन । देश र नागरिकको पक्षमा कुनै काम गरेनन ।

अब त स्थिरता होला भनेर नागरिकले तत्कालिन एमाले र ए मावोबादी गठबन्धन दलललाई तिन तहको ७६१ सरकारमा ७६० स्थानमा करिब ,करिब २ तिहाई मत दिएका थिए । सरकार चलाएको २ बर्ष देखि नेकपाको सरकारले शासन गर्दै छ । बल्ल तल्ल एकिकरणको नाटक मन्चन भएको मसि सुक्न नपाउदै बैधानिक रुपमा एकीकृत भएपनि भौतिक रुपमा एक हुन सकेनन भागबण्डामा नै अल्झिरहेका छन् । केहि दिनको घटनाक्रम र परिदृश्य हेर्दा २०५९ सालमा नेपालि कांग्रेसका सभापति तथा प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाले नेता शेर बहादुर देउवा लगायतलाइ दलबाट हटाउने काम गरेका थिए यसैको कारणले नेपालि कांग्रेस विभाजन भयो पछी बल्लतल्ल एक त भए तर भावनात्मक रुपमा कहिले एकहुन सकेनन । अहिलेको सत्ताधारी दलको बिकसित घत्रनाक्रमले नेकपा त झन् भुसको आगोझैँ दन्किरहेछ । यिनको सत्ता लिप्सा ,भ्रस्ट आचरण गुट उपगुट बिदेशी गुपत्चरको साठगाठको कारणले देश र नागरिकले सारै दुख पाएका छन भने यिनलाई मत दिने नागरिक पछुताईरहेका छन अब कसलाई कसरि बिस्वास गर्ने अन्योल भएको छ ।

स्मरण रहोस नेकपा भित्रको अमेरिकासंग भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन [MCC] संसदबाट अनुमोदन बिबाद, अमुक नेतालाई रास्ट्रियसभामा मनोनित गरेर रास्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्न पाउनेगरी संबिधान संसोधनको बिबाद,प्रधानमन्त्री केपी शर्मा वली आफु असक्त भएकोले उनको मृगौला प्रत्यारोपण गर्न लामो समय लाग्ने भएकाले आफु तंग्रिएर आउदा पदनै गुम्ला कि भन्ने आसंकामा आफ्ना बिस्वास्पात्र रास्ट्रपतिलाइ असिमित अधिकार प्रधान गर्ने कुरा ,कार्यकारी रास्ट्रपतिको कुरा ,हाल रास्ट्रीय सभामा मनोनित गर्नुपर्ने एक स्थानमा नेता बामदेब गौतामलाइ मनोनित गर्ने पार्टी स्थाई समितिको निर्णय र पुर्ब सुचना संचार तथा प्रबिधि मन्त्रि गोकुल बास्कोटाको ७० करोड भ्रस्टाचार काण्ड कारबाहीको कुराले गर्माएको छ । यो आलेख लेखेको अवस्थासम्म बिकसित घटनाक्रमलाई विश्लेषण गर्दा अन्यथा कुनै शक्तिसाली देशका गुपत्चरले मिलाइदिएको अवस्थामा बाहेक यी दल एकीकृत रुपमै रहने कुरा छिण हुदै गएको छ ।

चौतर्फी सरकारप्रति भ्रस्ट भयो सुशासन दिएन नागरिकका आधारभूत मौलिक हक खोसिरहेको छ भनेर आरोप लागिरहदा एकताबद्द भएर बिधिससम्मत पारदर्शी रुपमा दल र सरकार चल्नुपर्नमा रास्ट्रियसभामा मनोनित गर्नुपर्ने एक पदका लागि दल र सरकार प्रमुख बीच टकराव हुनु ,निर्णयपुर्ब नै विश्लेषण गरेर अघि बढ्नुपर्नेमा उल्टै दलको निर्णय मान्दिन भनेर अध्यक्ष समेत रहेका सरकार प्रमुखले नै दलको निर्णय अबज्ञा गर्नु र अर्का अधय्क्षले अर्थमन्त्रीलाई हटाउन ठुला घरानिया ब्यापारी समेत प्रयोग गरेर लबिंग गरे भन्ने दोशारोपण गर्नुले बिधि ,देश ,नागरिक ,धर्म ,नैतिकता र इमान्दारिता सबै क्षेत्रमा खडेरी पर्दा सर्प बिच्छी र भ्यागुताको अवस्था सिर्जना भएको छ । आफूखुसी देश चलाउने परम्पराको अन्त्य कैले हुने भएन निर्वाचनको समयमा दिएका बाचा बिर्सेकोले यिनलाई धुन्नुकारी नभनेर के भन्ने ?

आम नागरिक चिन्तित भएका छन् भिरमा लड्ने गाईलाई राम,राम भन्न सकिन्छ काध नै त थाप्न सकिदैननि । चेतना भए मौकैमा बेबेकपूर्ण निर्णय गरेर समस्याको समाधान गरुन ।