Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायक तथा सङ्गीतकार टंक बुढाथोकी अब चलचित्र बनाउदै

गायक तथा सङ्गीतकार टंक बुढाथोकी अब चलचित्र बनाउदै

काठमाडौँ,

सबैको मन जितेका गायक तथा सङ्गीतकार टंक बुढाथोकी समाजसेवी का रुपमा पनि चिनिएका छन । उनि आफूमात्र अघि बढेका छैनन् बालकलाकार लाई पनि प्रोत्सहान दिदै अघि बढाइरहेका छन । अब भने उनि चलचित्र बनाउने तयारीमा छन । नेपालको ठुलो चलचित्र तथा म्युजिक खरिद कम्पनी ओएसआर डिजिटलसँग सहकार्य गरेर चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् ।चलचित्र निर्माणका लागी दुई पक्षीय पहिलो भेट र प्रस्ताव गरेका छन् । बुझिए अनुसार चलचित्रको नाम टंकको लोकप्रिय गीत ुमन बिनाको धन ठुलो कि धन बिनाको मनुबाटै राख्ने तयारी भइरहेको छ । चलचित्रमा यसै गीतका गायक अशोक दर्जीको पनि भूमिका रहने खुलेको छ ।

बिहीबार टंकले सामाजिक सञ्जाल फेसबुकमा विशेष भेट विशेष तयारीका लागी विशेष रह्योु भन्दै ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवालसँगको भेटको तस्बिर पोस्ट गरेका छन् । उनको यस पोस्टले उनीहरूको चलचित्रको लागी गरिने सहकार्यले सकारात्मक रूप लिएको छ ।