Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फेरी खुल्यो मिस नेपाल २०२० को आवेदन , हेर्नुस कहिले र कुन,कुन ठाउमा हुदैछ अडिसन

फेरी खुल्यो मिस नेपाल २०२० को आवेदन , हेर्नुस कहिले र कुन,कुन ठाउमा हुदैछ अडिसन

काठमाडौं,

अहिलेसम्म तथ्यांक हेर्दा धेरै मिस नेपालहरु जन्माइसकेको छ । यो पटक पनि नयाँ मिस नेपाल खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले ‘मिस नेपाल २०२०’को लागि आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो । निःशुल्क फर्म भर्न सक्ने ब्यवस्था सहित खुल्ला भएको मिस नेपालको आवेदन इच्छुकले २७ मार्चसम्म भर्न सक्नेछन् । आवेदन फर्म हिडन ट्रेजरको कार्यलय तथा मिस नेपाल वेभसाइटबाट समेत सिधै भर्न सकिनेछ ।

काठमाडौं सहित धनगडी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, विरगन्ज, धरान, विर्तामोड लगायत देशको बिभिन्न ९ शहरमा छनौट चरणको अडिसन हुने प्रतियोगितामा १९ वर्षदेखि २६ वर्षसम्मका, ५.४ इन्च हाइट भएका अबिवाहित नेपाली युवतीले माात्र सहभागीता जनाउन सक्नेछन् । मिस नेपाल २०२० को घोषणा मे १५ हुने आयोजक संस्था हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकारले जानकारी दिए ।