Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आफ्नो कन्ट्रयाक्ट पेपरको कपी कसरी निकाल्ने ?

आफ्नो कन्ट्रयाक्ट पेपरको कपी कसरी निकाल्ने ?

तिलु शर्मा पौडेल दोहा,कतारमा निजी क्षेत्रमा कार्यरत कामदारहरुले अब अनलाइन मार्फत आफ्नो कामको करार पत्रको कपी निकाल्न पाउने भएको छ।प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले हिजो बाट आफ्नो वेबसाइट मार्फत कपी निकाल्न सक्ने नयाँ सुविधाको शुरुवात गरेको छ।

नयाँ सेवाले कामदार र मालिक बीचको सम्बन्धमा अझ सुधार आउने विश्वास गरिएको छ।यस अनलाइन सेवाले कामदारलाई करार पत्र चाहिएको बेला श्रम मन्त्रालयमै पुग्नु पर्ने वा कम्पनीको सम्बन्धित निकायमा गुहार्न पर्ने समस्या हटेको छ। कपी निकाल्ने प्रक्रिया अङ्ग्रेजी तथा अरबी दुबै भाषामा उपलब्ध छन्।

कसरी निकाल्ने कपी ?

१. मन्त्रालयको वेबसाइट लिंक http://empcont.adlsa.gov.qa/ मा जाने ।भाषा पेजको माथिल्लो भागको दायाँ तर्फको साइडमा लेखिएको “अङ्ग्रेजी” थिचेर परिवर्तन गर्न सकिन्छ।(यो नआए तीन वटा धर्का भएको अप्सनमा थिच्नुहोला।)

२.आफ्नो आईडी वा भिसा नम्बर हाल्ने।

३.आफ्नो नाममा निकालिएको मोबाइल नम्बर हाल्ने।

४. मोबाइलमा आएको पिन नम्बर हाल्ने।

५. डाउनलोड गर्ने।

वेबसाइटमा आफ्नो कामको करार पत्र नदेखाए कम्पनीले पत्र अपडेट नगरेको वा मन्त्रालयमा हाल सम्म नपठाएको भन्ने बुझिन्छ।कतारमा कामको करार पत्र कम्पनी बाट राजीनामा दिन,नयाँ काम परिवर्तन गर्न तथा अन्य सरकारी कामको लागि आवश्यक पर्ने कुरा क्युएन खबरले जनाएको छ ।