Shares
Shares
आज साेमबारको कस्तो छ राशिफल हेर्नुहाेस ।
मेष :(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन होला । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । भूमिबाटपनि लाभ रहला ।
वृष :(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला, तर सेयर बजारमा लगानी गर्नेहरुकालागि राम्रै रहनेछ ।
मिथुन :(का, कि, कु, घ, ङ, छ, के, को, हा)
भाग्यले विभिन्न अवसर जुराउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । नयाँ ठाउँमा लगानीको अवसर जुट्नेछ ।
कर्कट :(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । आर्थिक कारोवारमा सफलता पाइएला ।
कन्या: (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
तुला :(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।
वृश्चिक :(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ ।
धनु :(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
मकर: (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम विग्रिनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।
कुम्भ :(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
मीन :(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209