Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्री गौरी यादवको सक्रियता: बक्यौता नतिर्ने उद्योगमाथि एक्सन, थप ५ उद्योगले तिरे भाडा

मन्त्री गौरी यादवको सक्रियता: बक्यौता नतिर्ने उद्योगमाथि एक्सन, थप ५ उद्योगले तिरे भाडा

काठमाडौँ । वर्षौंदेखि सरकारी भाडा नतिरेर बसेका उद्योगहरूमाथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कडाइ गरेपछि बक्यौता असुली तीव्र भएको छ। मन्त्री गौरी यादवको निर्देशनपछि उद्योगीहरूले धमाधम बाँकी रकम बुझाउन थालेका छन्।

मन्त्रालयले ७ दिनभित्र सम्पूर्ण भाडा बक्यौता चुक्ता नगरे उद्योगहरूको विद्युत् र पानीको लाइन काट्ने चेतावनी दिएको थियो। त्यसपछि एकैदिन थप ५६ लाख ६० हजार ९२३ रुपैयाँभन्दा बढी रकम असुल भएको मन्त्रालयले जनाएको छ।

यससँगै हालसम्म सरकारी खातामा कुल ४६ करोड ७३ लाख ११ हजार ९६४ रुपैयाँभन्दा बढी बक्यौता रकम जम्मा भएको छ। भाडा तिरेपछि हिजो र आज गरी थप पाँच उद्योगको काटिएको विद्युत् लाइन पुनः सञ्चालनमा ल्याइएको छ।

मन्त्रालयका अनुसार अझै २१ वटा उद्योगले बक्यौता नतिरेकाले उनीहरूको विद्युत् लाइन काटिएकै अवस्थामा छ। सबैभन्दा बढी बक्यौता भएका कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रा. लि. र कन्टिनेन्टल सर्भिसेज प्रा. लि. ले भने अझै रकम नतिरेको पाइएको छ।

यी कम्पनीविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाउने विषयमा मन्त्रालयले छलफल थालेको जनाएको छ।