Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फाइनल प्रवेशका लागि नेपालले आज यूएईसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं : एसिसी महिला यू–१९ प्रिमियर कप अन्तर्गत आज नेपालले फाइनल प्रवेशका लागि यूएईसँग खेल्दैछ। 

महिला यू–१९ एसिया कपमा स्थान बनाइसकेका नेपाल र युएईबीचको खेल मलेसियाको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ। 

दुवै देशले बुधबार सम्पन्न क्वार्टरफाइनल खेलमा जित हात पारी सेमिफाइनलमा भेट पक्का गरेका हुन्।

क्वार्टरफाइनलमा नेपालले जापानलाई ९ विकेटले सहज रुपमा पराजित गरेको थियो। 

उता युएईले भने आयोजक मलेसियालाई २७ रनले हराउँदै नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो।

समूह चरणमा नेपाल समुह डी को विजेता र युएईले पनि समुह बी को विजेताको रुपमा क्वार्टरफाइनल पुगेका थिए।

यस खेलको विजेताले अहिले भइरहेको इन्डोनेसिया र थाइल्यान्डबीचको खेलमा विजेतासँग शनिबार खेल्नेछ।