Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री बालेन शाह र महिला उद्यमी महासंघबीच उद्यमशीलता प्रवर्द्धनबारे छलफल हुँदै

प्रधानमन्त्री बालेन शाह र महिला उद्यमी महासंघबीच उद्यमशीलता प्रवर्द्धनबारे छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्दै हुनुहुन्छ।

बैठकमा महिला उद्यमशीलताको विकास, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाको सहभागिता बढाउने विषयमा छलफल हुने जनाइएको छ।

छलफलमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनुहुनेछ।