Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कानून मन्त्रालयले संसद्मा बुझायो आगामी वर्ष निर्माण हुने १६६ विधेयकको सूची

कानून मन्त्रालयले संसद्मा बुझायो आगामी वर्ष निर्माण हुने १६६ विधेयकको सूची

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ मा निर्माण गरिने १६६ वटा विधेयकको सूची संघीय संसद्मा बुझाएको छ।

मन्त्रालयले विधेयकको प्राथमिकता र वार्षिक कार्यतालिकासहितको विवरण सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई हस्तान्तरण गरेको हो।

विधायन ऐन, २०८१ अनुसार तयार गरिएको सूचीमा ९७ वटा नयाँ विधेयक र ६९ वटा संशोधन विधेयक समावेश छन्। तीमध्ये ६४ वटा पहिलो, ४५ वटा दोस्रो र ५७ वटा तेस्रो प्राथमिकतामा राखिएका छन्।

कानून मन्त्रालयले विभिन्न मन्त्रालयसँग छलफल गरी आगामी वर्ष संसद्मा पेस हुने विधेयकको सूची तयार गरेको जनाएको छ। सरकारले सेवा प्रवाह सुधार, सुशासन र नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै कानुन निर्माण प्रक्रिया अघि बढाउने बताएको छ।