Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनद्वारा दीप प्रज्वलन

गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनद्वारा दीप प्रज्वलन

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनले दीप प्रज्वलन गरेको छ।

सोमबार साँझ माइतीघर मण्डलामा फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सन्देशसमेत प्रवाह गरिएको थियो।

उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सहमति भएपछि सोमबार परिवारले शव बुझेको थियो। त्यसपछि उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

गत असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्वील लक लगाएपछि उनले आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।