Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्री प्रतिभा रावलले बुद्धशान्तीका ५ अव्यवस्थित परिवारलाई दिइन् लालपुर्जा

मन्त्री प्रतिभा रावलले बुद्धशान्तीका ५ अव्यवस्थित परिवारलाई दिइन् लालपुर्जा

काठमाडौँ । झापाको बुद्धशान्ती गाउँपालिकाका पाँच अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले उनीहरूलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गरेको हो।

समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवासका लागि र केही कृषि प्रयोजनका लागि रहेका छन्। लामो समयदेखि स्वामित्वविहीन रहेका परिवार लालपुर्जा पाएसँगै औपचारिक रूपमा जग्गाधनी बनेका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशका विभिन्न जिल्लामा लालपुर्जा वितरण अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।