काठमाडौँ । स्थापित क्रिकेटरहरूको बाक्लो प्रतिस्पर्धाबीच ब्रिस्बेनमा बसोबास गर्दै आएका नेपाली खेलाडी अनिश बनियाँले QNPL मा उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिचेका छन्। उनले ३८.८ को ब्याटिङ औसतसहित प्रतियोगितामा सर्वाधिक रन बनाएर 'बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट' अवार्ड जिते।
अनिशको टोली फाइनलअघि नै बाहिरिए पनि उनले दोस्रो स्थानका ब्याट्सम्यानभन्दा ४३ रन बढी बनाए। उनको निरन्तर उत्कृष्ट प्रदर्शनले दबाबमा पनि प्रभावशाली खेल प्रस्तुत गर्ने क्षमता पुष्टि गरेको छ।