Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गणेश नेपाली मृत्यु प्रकरणमा गगन थापाको प्रतिक्रिया, ‘यो समाज र राज्यका लागि आत्मचिन्तनको क्षण’

गणेश नेपाली मृत्यु प्रकरणमा गगन थापाको प्रतिक्रिया, ‘यो समाज र राज्यका लागि आत्मचिन्तनको क्षण’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षण भएको बताएका छन्।

थापाले सामाजिक सञ्जालमार्फत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन्। उनले यो विषयलाई राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर एउटा नागरिकको जीवन, परिवारको पीडा र मानवीय संवेदनासँग जोडेर हेर्नुपर्ने बताएका छन्।

उनले एउटा युवा किन यति निराश अवस्थामा पुग्छ र आफ्ना पीडा व्यक्त गर्न किन यस्तो कठोर निर्णय लिन बाध्य हुन्छ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने उल्लेख गरेका छन्। राज्यका सेवा र संयन्त्रले नागरिकलाई भरोसा दिनुपर्ने भए पनि केही नागरिकले आफूलाई असहाय महसुस गर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ।

थापाले गणेश नेपालीका आश्रित परिवारलाई सहयोग गर्ने विषयमा सबैले आफ्नो ठाउँबाट सोच्नुपर्ने बताउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्।