Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री बालेन शाहद्वारा निर्माण व्यवसायीहरूसँग छलफल, समस्या समाधानमा सहकार्यको प्रतिबद्धता

प्रधानमन्त्री बालेन शाहद्वारा निर्माण व्यवसायीहरूसँग छलफल, समस्या समाधानमा सहकार्यको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, व्यवसाय प्रवद्र्धन र भौतिक पूर्वाधार विकासका विषयमा निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको प्रमुख आधार रहेको बताउनुभयो। उहाँले निर्माण क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधान गर्न सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र प्रभावकारी बनाउँदै विकास आयोजनाहरू समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूले निर्माण क्षेत्रले भोगिरहेका भुक्तानी समस्या, आयोजना म्याद थप, ठेक्का व्यवस्थापन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

उनीहरूले निर्माण उद्योगलाई गति दिन सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। भेटमा महासंघका अध्यक्ष निकोलश पाण्डेसहित अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो।