Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एसीसी महिला यू–१९ प्रिमियर कपमा सोनीले नेपालको कप्तानी गर्ने

एसीसी महिला यू–१९ प्रिमियर कपमा सोनीले नेपालको कप्तानी गर्ने

काठमाडौं । एसीसी महिला यू–१९ प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले सोनी पाख्रिनको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रतियोगिता जुलाई ११ देखि १८ सम्म मलेसियामा हुँदै छ । अन्य समूहमा तीन–तीन राष्ट्र रहँदा नेपालको समूहमा भने चार टोली छन् ।

समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार र जापान तथा समूह ‘बी’ मा यूएई, ओमान र भुटान छन् । यसैगरी समूह ‘सी’मा इन्डोनेसिया, मलेसिया र कुवेत तथा समूह ‘डी’मा नेपाल हङकङ, सिंगापुर र कतार छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन् । क्वार्टरफाइनलका विजेताबीचमा सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलका विजेता उपाधिका लागि भिड्ने छन् ।

नेपालले जुलाई ११ मा कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी, नेपालले जुलाई १२ मा सिंगापुर र जुलाई १४ मा हङकङसँग खेल्नेछ ।

नेपाली टोली

सोनी पाख्रिन (कप्तान), साना प्रविन, अलिसाकुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तृसना विक, कृस्मा गुरुङ, एन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा, करुणा विष्ट