Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रकाश सपूतको ‘कर्तव्य’ गीत सार्वजनिक,गीतबाटै भने“देशको लागि केहीँ गरौ”

प्रकाश सपूतको ‘कर्तव्य’ गीत सार्वजनिक,गीतबाटै भने“देशको लागि केहीँ गरौ”

काठमाडौँ । चर्चित गायक प्रकाश सपूतले बालेन सरकारलाई खबरदारी गर्दै नयाँ गीत सार्वजनिक गर्नुभएको छ । कर्तव्य बोलको गीतमा देशको कथा समेट्न खोजिएको छ।कर्णाली देखि रुकुम सम्मको कथालाई भिडियोमा देखाउदै सपूतले प्रष्ट रुपमै अहिलेको सरकारमा आस जगाउन खोज्नु भएको देखिन्छ ।अहिले पनि देश नबने कहिल्यै नबन्ने भन्दै उहाँले गीत मै देश बनाउ र देशको लागि केहीँ गरौ भनिरहनु भएको छ ।


मेरो पनि हैन र यो देशको सफलता संगै उनले भाग दुईको रुपमा यो गीत बजारमा ल्याएका छन।गीतमा सबै भेगको सस्कृति समेत समाबेश गर्ने प्रयास सपूतले गर्नु भएको छ।देशको बिभिन्न भूगोलममै पुगेर सपुतले सुटिङ्ग समेत गर्नु भएको छ।

गीतमा देश छाड्ने युवालाई समेत देशमै केहि गर्न साथ् दिन आग्रह गरेको गीतको शब्दमा सुन्न पाइन्छ। गीतमा सपूतले १५ लाख बढी खर्च गरेको उनि निकट श्रोतले बताएको छ।करिब ८ दिन लगाएर गीतको सुटिङ्ग सकेको खुल्न आएको छ।