Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, प्रस्तावक बने बालेन्द्र शाह

रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, प्रस्तावक बने बालेन्द्र शाह

काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनमा सभापति पदका लागि रवि लामिछाने ले उम्मेदवारी दर्ता गरेका छन्।

बन्दसत्र सम्पन्न भएलगत्तै उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारीमा बालेन्द्र शाह प्रस्तावकका रूपमा रहेका छन्।

महाधिवेशनको कार्यतालिकाअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। त्यसपछि निर्वाचित केन्द्रीय समितिबाट अन्य पदाधिकारी चयन गरिने व्यवस्था छ।

हालसम्म सभापति पदमा लामिछानेको मात्रै उम्मेदवारी देखिएकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना बलियो बनेको छ।