काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रदेशभर १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने योजना अघि सारेको छ। दुर्गम बस्तीमा यातायात पहुँच विस्तार र तुइन विस्थापनलाई प्राथमिकता दिँदै यसका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले रणनीतिक सडक आयोजना निर्माणका लागि पनि थप ६५ करोड रुपैयाँ छुट्याएको जनाएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा का अनुसार पर्यटकीय तथा दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्न सडक र पुल निर्माणलाई तीव्रता दिइनेछ। सरकारको यो योजनाले आवागमन सहज बनाउनुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।