Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक

विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक

काठमाडौं ।  स्ट्राइकर लिओनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकपमा सानदार सुरूआत गरेको छ ।

अल्जेरियाविरूद्धको खेलमा मेस्सीले तीन गोल गरेसँगै नतिजा ३-० को स्थितिमा आएको हो ।  सन् २००६ देखि मेस्सी विश्वकपमा सहभागी हुँदै आएका थिए ।

अल्जेरियाविरुद्ध खेलको पहिलो हाफमा उनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको १७ औँ मिनेटमा उनले पहिलो गोल गरेका थिए ।

जर्सी नम्बर १० का यी दिग्गज खेलाडीले मैदानको बीचभागबाट बल नियन्त्रणमा लिँदै पेनाल्टी एरियामा अघि बढेका थिए । अल्जेरियाका गोलकिपर जिदानलाई छक्याउँदै देब्रे खुट्टाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको ५८ औँ मिनेटमा उनले दोस्रो गोल गरेका थिए । यस्तै, खेलको ७६औँ उनले तेस्रो गोल गरे । विश्वकपमा मेस्सीको गोल संख्या १६ पुगेको छ । उनी सर्वाधिक स्कोर गर्ने दोस्रो खेलाडी बनेका छन् ।

अल्जेरियासँगको ह्याट्रिकसँगै उनले जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्डसँग बराबरी गरेका हुन् ।