Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ, भिजिट भिसाको दुरुपयोग गरेको आरोप

ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ, भिजिट भिसाको दुरुपयोग गरेको आरोप

काठमाडौं । ठमेल क्षेत्रबाट १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भिजिट भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्यविपरीत गतिविधि सञ्चालन गरेको आरोप छ। उनीहरूलाई ठमेलस्थित होटल एसीईको चौथो, पाँचौं र छैटौं तलाबाट पक्राउ गरिएको बताइएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले होटलका कोठा भाडामा लिएर विदेशी मोडल तथा युवतीहरूको नाममा नक्कली फेसबुक खाता सञ्चालन गर्दै विभिन्न अवैध गतिविधि गरिरहेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई थप कारबाहीका लागि कालिकास्थित अध्यागमन विभागमा बुझाइएको छ।