Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसबाट निर्वाचित दुई वडाध्यक्षको पद खारेज

कांग्रेसबाट निर्वाचित दुई वडाध्यक्षको पद खारेज

काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई वडाध्यक्षले दल परिवर्तन गरेपछि उनीहरूको पद स्वतः रिक्त भएको हो। मुसिकोट नगरपालिका–२ का रवीन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का पद्मबहादुर विष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेसँगै उनीहरूको पद स्वतः रिक्त भएको हो।

निर्वाचन आयोगले सूचना जारी गर्दै दुवै जनप्रतिनिधिको पद रिक्त भएको पुष्टि गरेको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचित जनप्रतिनिधिले आफ्नो दल त्यागेर अर्को दल रोजेमा पद कायम रहँदैन।

उनीहरू गएको फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको समयमा रास्वपामा प्रवेश गरेका थिए।