काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक २३ युरोपेली मुलुकका राजदूत तथा कूटनीतिज्ञसँग सामूहिक भेट गर्ने भएका छन्।
मंगलबार हुने भनिएको उक्त भेटमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरू सहभागी हुनेछन्।
यसअघि पनि मेयर बालेनले विदेशी राजदूतहरूलाई छुट्टाछुट्टै भेट्ने परम्परा तोड्दै सामूहिक भेटको अभ्यास सुरु गरेका थिए, जसलाई कूटनीतिक दृष्टिले नयाँ शैलीका रूपमा हेरिएको थियो।