Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुर्खेतमा कांग्रेसको शक्ति प्रदर्शन, प्रदेश भेलाको उद्घाटन गर्दै गगन थापा

सुर्खेतमा कांग्रेसको शक्ति प्रदर्शन, प्रदेश भेलाको उद्घाटन गर्दै गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशनपछि पहिलो पटक कर्णालीमा प्रदेशस्तरीय भेला आयोजना गरेको छ। दुई दिने भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन महामन्त्री गगन थापा सोमबार सुर्खेत पुगेका हुन्। उनले केहीबेरमै कार्यक्रम उद्घाटन गर्ने जनाइएको छ।

भेलामा उपसभापति विश्वप्रकाश शर्मा धनगढीबाट सुर्खेत आउँदैछन् भने महामन्त्री प्रदीप पौडेल बिहानै सुर्खेत पुगिसकेका छन्। थापालाई स्वागत गर्न कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सभापति ललितजंग शाही लगायत नेताहरू विमानस्थल पुगेका थिए।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको भेलामा संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा पार्टी नेतृत्वको सहभागिता रहनेछ। कार्यक्रममा निर्वाचन समीक्षा, संगठन सुदृढीकरण, आन्तरिक एकता, सुशासन र विकासका प्राथमिकतामाथि केन्द्रित छलफल हुने बताइएको छ।