Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खड्काको बैठकमा शेखर कोइराला पक्ष सहभागी नहुने

खड्काको बैठकमा शेखर कोइराला पक्ष सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूसँग आज बैठक बोलाए पनि डा. शेखर कोइराला पक्ष भने सहभागी नहुने भएको छ।

सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्णय गरेपछि खड्काले आफ्नो निवासमा बैठक आयोजना गरेका हुन्। तर कोइराला पक्षले यसअघि नै कुनै पनि पक्षद्वारा बोलाइएका भेलामा सहभागी नहुने अडान लिएको बताएको छ।