काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। आकर्षक तलबको प्रलोभन देखाउँदै विदेश पठाइदिने भन्दै रकम असुलेको आरोप उनीमाथि लागेको हो।
कुमारी मगर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। उनी काठमाडौं नगरपालिका–१० बस्ने काभ्रे घर भएकी ४७ वर्षीया हुन्।
आरोपअनुसार उनले पोर्चुगल पठाइदिने भन्दै एक पीडितबाट ५ लाख रुपैयाँ लिई पछि सम्पर्कविहीन भएकी थिइन्। पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१४ बाट पक्राउ गरेको हो।
उनीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।