Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सङ्खुवासभामा ट्याक्टर दुर्घटना, २१ वर्षीय युवाको मृत्यु

सङ्खुवासभामा ट्याक्टर दुर्घटना, २१ वर्षीय युवाको मृत्यु

काठमाडौँ । सङ्खुवासभामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ। पाँचखपन नगरपालिका–४ खानीगाउँमा भएको उक्त दुर्घटनामा स्थानीय २१ वर्षीय रोशन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। ट्र्याक्टरमा सहयोगीको रूपमा कार्यरत श्रेष्ठ दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए र उनको घटनास्थलमै ज्यान गएको पुष्टि गरिएको छ।

घटनापछि प्रहरीले ट्याक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।