काठमाडौँ । निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा दार्चुला जिल्ला मा एक प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ। लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामी बिहीबार घर फर्किने क्रममा गाउँपालिका–१ स्थित भीरबाट लडेर गम्भीर घाइते भएका थिए।
घाइते धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल मा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय दार्चुला का प्रहरी निरीक्षक हेमराज भट्ट ले दिएका छन्।