Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्वाचनमा हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

निर्वाचनमा हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जनाएको छ।

गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लाका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचन तयारीको ब्रिफिङ लिइएको थियो। बैठकले संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, सम्भावित विरोधी गतिविधिको सूचना संकलन गर्ने, र कानून विपरीतका गतिविधि भए तुरुन्त कारबाही गर्ने निर्णय गरेको छ।

सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त भएकोले नागरिकलाई ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान गरिएको बैठकले निष्कर्ष निकालेको छ। बैठकमा गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारी सहभागी थिए।