Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इजरायलस्थित नेपाली दूतावासले उच्च सतर्कता अपनाउन आग्रह

इजरायलस्थित नेपाली दूतावासले उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सबै नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

दूतावासले शनिबार जारी गरेको एडभाइजरीमा इजरायली सुरक्षा निकाय र होम फ्रन्ट कमान्डले जारी गरेका सुरक्षा निर्देशनहरूको पूर्ण पालन गर्न नेपाली नागरिकहरूलाई अनुरोध गरिएको छ।

सुझावअनुसार नेपाली नागरिकहरूले सकेसम्म घरभित्रै सुरक्षित रहन, चनाखो बन्न र आफू रहेका स्थानमा अन्य नेपाली समुदायसँग लगातार सम्पर्क राख्नुपर्ने बताइएको छ। साथै सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थान वा तोकिएका बङ्कर (सेल्टर) नजिकै रहन पनि दूतावासले अपिल गरेको छ।

दूतावासले सम्बन्धित इजरायली निकायको पूर्वस्वीकृतिबिना कुनै यात्रा नगर्न निर्देशन दिएको छ। परिस्थितिको सही जानकारीका लागि स्थानीय समाचार, आधिकारिक सूचना र आपतकालीन अलर्टहरू नियमित निगरानी गर्न पनि सुझाव दिइएको छ।

शनिबार इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमा हमला गरेपछि त्यसको प्रभाव मध्यपूर्वका अन्य देशमा पनि देखिन थालेको छ।