Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिन्धुली र कैलालीमा करेन्ट लागेर दुईको ज्यान गयो

सिन्धुली र कैलालीमा करेन्ट लागेर दुईको ज्यान गयो

काठमाडौँ । विद्युत् मर्मत र जडानका क्रममा भएका छुट्टाछुट्टै दुर्घटनामा सिन्धुली र कैलालीमा दुई जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबार भएका घटनामा एक इन्टरनेट प्राविधिक र एक विद्युत् कामदारले ज्यान गुमाएका हुन्।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ आलडाँडामा शनिबार दिउँसो ४२ वर्षीय रामलाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। तिनपाटन गाउँपालिका–२ कदमे घर भई हाल कमलामाई नगरपालिका–४ ढुंग्रेबास बस्दै आएका श्रेष्ठ बिजुलीको पोलमा चढेर इन्टरनेट मर्मत गरिरहेका बेला अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि लगिएको भए पनि ज्यान जोगाउन सकिएन।

यस्तै, कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीमा शुक्रबार दिउँसो २० वर्षीय बिमल चौधरीको करेन्ट लागेर मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ फूलबारीका चौधरी बिजुलीको पोलमा ट्रान्सफर्मर जडान गर्ने क्रममा घाइते भएका थिए। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा उनको निधन भएको हो।

प्रहरीले दुवै घटनाबारे कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।