Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्थानीय बजारमा सुनचाँदी ओरालो, १८ हजार आठ सय रूपैयाँले घट्यो सुन

स्थानीय बजारमा सुनचाँदी ओरालो, १८ हजार आठ सय रूपैयाँले घट्यो सुन

काठमाडौँ । स्थानीय सर्राफा बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। अघिल्लो दिनहरूको तुलनामा दुबै धातुको दरमा निरन्तर कमी देखिएको हो। आइतबार प्रतितोला १८ हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला पाँच हजार पाँच सय रुपैयाँमा झरेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ८०० र चाँदी सात हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघि बिहीबार सुन तीन लाख ३९ हजार ३०० र चाँदी सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो। बुधबार सुन तीन लाख १८ हजार ८०० तथा चाँदी सात हजार ३०० रुपैयाँ कायम थियो भने मङ्गलबार सुन तीन लाख नौ हजार ३०० र चाँदी छ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि धातुको मूल्य दबाबमा देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस चार हजार ८६५ अमेरिकी डलर र चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।