Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेनलाई गोली हान्नुपर्छ भन्दै भाइरल भएको भिडियोमाथि अनुसन्धान सुरु,ओलीलाई झट्का लाग्न सक्ने संकेत

बालेनलाई गोली हान्नुपर्छ भन्दै भाइरल भएको भिडियोमाथि अनुसन्धान सुरु,ओलीलाई झट्का लाग्न सक्ने संकेत

बालेन शाहलाई निकै आक्रामक शैलीमा ‘झापामै गोली ठोक्ने वातावरण बनाउनुपर्छ । जहाँबाट गए पनि झापामै गोल ठोक्ने । भन्दै टिकटकमा भएको ग्रुप छलफलको स्क्रिनसर्टको रूपमा हालिएको एक भिडियो निकै भाईरल भयो ।

संवादमा सहभागी एक व्यक्तिले बालेन शाहलाई झापामा छिर्न नदिने र भौतिक आक्रमण गर्ने आश्वासन दिँदै भने , ‘त्यसले पिटाइ खान्छ, ढुक्क हुनु ।’ अहिले यो टिकटक भिडियोमा आएर यसरी बोल्नेहरुमाथि अनुसन्धान शुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता (बालेन) लाई झापामा गोली हान्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओबारे साइबर ब्युरोले अनुसन्धान सुरु गरेको हो ।

टिकटक लाइभमार्फत ज्यान मार्ने धम्की दिइएको विषय सार्वजनिक भएपछि ब्युरोले बुधबारदेखि सूक्ष्म अनुसन्धान थालेको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले सामाजिक सञ्जालमा प्रमुख शाहमाथि भौतिक आक्रमण गर्ने योजना बुनिएको भन्ने भिडिओका सम्बन्धमा अनुसन्धान भइरहेको पुष्टि गरे । “टिकटक लाइभमार्फत ज्यान मार्ने धम्की दिने कार्य प्रचलित कानुनविपरीत र दण्डनीय छ,” प्रवक्ता अवस्थीले भने, “हामीले यस विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौँ ।”

भाइरल भिडिओमा केही व्यक्तिले बालेनझापा पुगेको समयमा गोली हान्ने वातावरण बनाउनुपर्ने भन्दै उत्तेजक संवाद गरेका छन् । उनीहरूले शाहलाई लखेट्ने, बाटो छेक्ने, कुटपिट गर्ने र कालोमोसो दल्नेसम्मका धम्की दिएका छन् । अस्ति बालेन आफनो उम्मेदवारी दर्ताको लागि झापामा पुग्दा यो भिडियो एकाएक सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भाईरल बनेको थियो । खुम झाँक्री मगर नामको फेसबुक आइडीबाट भिडियो अपलोड भएको छ, जसमा ‘बालेन शाहलाई गोली हान्नुपर्छ’ भनेर सम्वाद गरिएको छ ।

अडियोमा एमाले र त्यसका भ्रातृ संगठनहरूको नाम समेत मुछिएको छ । ‘एमालेले ठुलो शक्ति प्रयोग गर्नुपर्छ, साम–दाम–दण्ड–भेद भन्छ, त्यो गर्नैपर्छ । अगाडि पंक्तिमा युथ फोर्स, त्यसपछि भोलेन्टियर फोर्स र त्यसभन्दा पछाडि अनेरास्ववियु गरी तीन लेयर (तह) को तयारी छ ।’ प्रहरीले सामाजिक सञ्जालमा लहडको भरमा कसैलाई ज्यान मार्ने वा भौतिक आक्रमणको धम्की नदिन समेत आग्रह गरेको छ । यस्ता गतिविधिले गम्भीर कानुनी झन्झट निम्त्याउने भन्दै प्रवक्ता अवस्थीले सचेत रहन सुझाव दिएका छन् ।