Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ

धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन ११ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ परेकामध्ये अधिकांश युवा रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार वडा नम्बर ७ को मनोहराबाट खैरो हेरोइनजस्तो देखिने २ ग्राम ३०३ मिलिग्राम पदार्थसहित ६ जना पक्राउ परेका हुन्। उनीहरूबाट बरामद पदार्थको परीक्षण र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, वडा नम्बर ३ स्थित फाप्ला क्रिकेट मैदान नजिकबाट २ ग्राम ६३ मिलिग्राम चरेससहित दुई जना पक्राउ परेका छन्। वडा नम्बर १३ बाट भने गाँजा र चरेससहित थप तीन जनालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकाहरूविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसैबीच, बाजुराको बडिमालिका नगरपालिका–९ अस्पताल लाइन क्षेत्रबाट २४ वर्षीय एक युवक ७ ग्राम ४३० मिलिग्राम चरेस र ४० ग्राम १९० मिलिग्राम गाँजासहित पक्राउ परेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।