Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गोरखामा श्रीमनको कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

गोरखामा श्रीमनको कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

काठमाडौँ । पालुङटार नगरपालिका–३ बोगटीगाउँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका शंकर सुनार रहेका छन्।

प्रहरीका अनुसार सुनारले आफ्नी २१ वर्षीया श्रीमती अनुष्का परियारलाई निर्घात कुटपिट गरेका थिए। बिहीबार बिहान कुटपिटबाट गम्भीर घाइते भएकी अनुष्काको उपचारका क्रममा आँपपिपल अस्पताल हर्मीमा मृत्यु भएको हो।

घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले शंकर सुनारलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न सकेको छैन भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।