Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समानुपातिक सूचीका लागि फेरि रास्वपासँग छलफलमा कुलमान

समानुपातिक सूचीका लागि फेरि रास्वपासँग छलफलमा कुलमान

काठमाडौँ । लामो समयपछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ फेरि रास्वपा सभापति रवि लामिछानेसँग संवादका लागि उपस्थित भएका छन्।

स्रोतका अनुसार, रवि लामिछाने केन्द्रीय समिति बैठकबाट बाहिर निस्किएपछि तत्कालै कुलमानसँग छलफलमा जुट्न लागेका हुन्। दुवै पक्षबीच पूर्वमा निष्कर्ष निस्कन नसकेका कारण छुट्टाछुट्टै समानुपातिक बन्दसूची तयारी भइरहेका थिए।

आयोगले आजै सूची बुझाइसक्नुपर्ने म्याद दिएकोले अन्तिम समयमा छलफल पुनः सुरु भएको हो।