Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्य ओरालो, चाँदीले बनायो नयाँ कीर्तिमान

सुनको मूल्य ओरालो, चाँदीले बनायो नयाँ कीर्तिमान

काठमाडौँ । लगातार उकालो लाग्दै आएको सुनको मूल्य आज सोमबार केही घटेको छ। नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेपछि सुनको भाउमा सामान्य गिरावट देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको २ लाख ७० हजार रुपैयाँ कायम गरिएको छ। हिजो आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो, जसको तुलनामा आज तोलामा ६ सय रुपैयाँले कमी आएको हो।

यता चाँदीको भाउ भने निरन्तर बढ्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। हिजो तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार पछिल्ला दिनहरूमा सुनको भाउ तीव्र उतार–चढावमा रहँदै आएको छ, जसले बजारलाई चासो र सतर्कताको अवस्थामा राखेको छ।