Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनचाँदीको मूल्य नयाँ कीर्तिमानमा, स्थानीय बजारमा निरन्तर उकालो

सुनचाँदीको मूल्य नयाँ कीर्तिमानमा, स्थानीय बजारमा निरन्तर उकालो

काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार ३०० पुगेको छ भने चाँदी प्रतितोला रु चार हजार ५८५ मा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

यसअघि बिहीबार सामान्य गिरावट आएर सुन रु दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा झरेको थियो।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मूल्य बढेसँगै सुनचाँदीको भाउमा पनि दबाब बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।