Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओली र देउवा बिचमा भेटवार्ता,समसामयिक विषयमा छलफल

ओली र देउवा बिचमा भेटवार्ता,समसामयिक विषयमा छलफल

काठमाडौँ । केपी शर्मा ओली र शेर बहादुर देउवा बिचमा भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली र काग्रेस सभापति देउवा बिचमा महाराजगञ्जमा भेटवार्ता भएको खुल्न आएको हो भने ओलीले साथमा शंकर पोखरेललाई पनि महाराजगञ्ज  लगेका थिए । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल रहेकी थिइन् ।  

भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।  एमाले र कांग्रेसका सांसदले संयुक्त रुपमा प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित सर्वोच्चमा रिट लैजाने अन्तिम तयारी गरिरहेका छन् । 
यसअघि मंसिर १० गते एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए ।