Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली युवा टोलीले आज अफगानिस्तानसँग भिड्दै

नेपाली युवा टोलीले आज अफगानिस्तानसँग भिड्दै

काठमाडौं- एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ।  

दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान पौन ११ बजेदेखि शुरु हुने छ।

जारी यू–१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन्। 

त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन। नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए।

एकदिवसीय फर्म्याटमा हुने एसीसी यू(१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई खेलिरहेका छन्।

समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् भने समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन्।