Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राज कुश्मीको ‘मजा आगईल’ ले दर्शक–स्रोताको ध्यान तान्दै

राज कुश्मीको ‘मजा आगईल’ ले दर्शक–स्रोताको ध्यान तान्दै

काठमाडौं । कलाकार तथा गायक राज कुश्मीको नयाँ थारु भाषाको गीत ‘मजा आगईल’ केही दिनअघि सार्वजनिक भएसँगै दर्शक–स्रोतामाझ राम्रो चर्चा बटुल्न थालेको छ। राज र सोनु कुश्मीको स्वर रहेको यस गीतले छोटो समयमै सकारात्मक प्रतिक्रिया पाएको छ।

गीतका शब्द स्वयं राज कुश्मीले लेखेका हुन् भने संगीत गणेश चौधरी र राजकै रहेको छ। गायन, लेखन र संगीतसँगै निर्देशनको जिम्मेवारी पनि राजले नै सम्हालेका छन्, जसले उनलाई बहुआयामिक कलाकारको रूपमा प्रस्तुत गरेको छ।

सार्वजनिक भिडियोमा मोडल लोसिना लामिछानेको बेजोड अभिनय देख्न सकिन्छ। उनका साथै दिप श्रेष्ठ, गणेश चौधरी, चन्द्रा चौधरी, बाबु निरज लगायतको अभिनय रहेको छ। भिडियोमा प्रेम, विश्वासघात र त्यसपछिको पीडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ, जहाँ पैसाका पछि लागेकी प्रेमीकाबाट धोका पाएपछि प्रेमीले भोग्नुपरेको असहज परिस्थितिलाई मुख्य कथावस्तु बनाइएको छ।

डान्सिङ शैलीमा तयार पारिएको करिब १७ मिनेट लामो यस भिडियोमा प्रेम, रोमान्स र बिछोडका भावनात्मक किस्साहरू समेटिएका छन्, जसले अहिलेको समयसँग मेल खाने कथा बोलेको देखिन्छ। भिडियो रिलिज भएसँगै राम्रो प्रतिक्रिया आइरहेको राजले बताएका छन्।

प्रदीप थारुको कोरियोग्राफी, अर्जुन तिवारीको डीओपी र बिर बहादुर थारुको सम्पादन रहेको यो भिडियो आर प्रोडक्सनबाट बजारमा आएको हो।

यसअघि ‘कमरिया’, ‘चुपकचुपक’, ‘पत्ली कमरिया’, ‘दुला रुलाल’,  जस्ता चर्चित गीत दिइसकेका राज कुश्मीले ‘मजा आगईल’ पनि दर्शक–स्रोताले उत्तिकै माया गर्ने अपेक्षा राखेका छन्। गीतले पाइरहेको चर्चा र प्रतिक्रिया हेर्दा राजको अपेक्षा पूरा हुने संकेत देखिन थालेको छ।

https://youtu.be/iPURWMNPHxo?si=IvRtPQ2v8N3Um-1v