काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिकामा घाँस काट्ने क्रममा रुखबाट खसेर एक युवकको ज्यान गएको छ। राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ स्थायी घर भई मनहरी–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मंगलबार मृत्यु भएको हो।
काकाको घरमा बस्दै आएका लामा मनकामना सामुदायिक वनमा घाँस काट्ने क्रममा करिब ३० फिट तल खसेर गम्भीर घाइते भएका थिए। घरबाट करिब तीन किलोमिटर पश्चिमतर्फ रहेको वनमा घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैबीच, हेटौंडा–१७ चुच्चेखोलामा सोमबार रुखबाट खसेर ४८ वर्षीय राजुप्रसाद चौलागाईं घाइते भएका छ