Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चन्द्रनिगाहपुरमा ट्रक–कार ठोक्किँदा एक वृद्धको मृत्यु, दुई घाइते

चन्द्रनिगाहपुरमा ट्रक–कार ठोक्किँदा एक वृद्धको मृत्यु, दुई घाइते

काठमाडौँ । रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान पूर्व–पश्चिम राजमार्गको पहिलो लच्का नजिक ट्रक र कार एकअर्कामा ठोक्किँदा ७९ वर्षीय भक्तबहादुर खत्रीको मृत्यु भएको छ। खत्री बाराको निजगढ नगरपालिका–३ का निवासी हुन्।

बा‌प्र ०३–००१ ख ११४८ नम्बरको ट्रक पश्चिमतर्फ जाँदै गरेको बेला विपरीत दिशाबाट आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कारसँग ठोक्किएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी रुपा लाबुङले बताए।

दुर्घटनामा कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ का डोरमणि सापकोटा घाइते भएका छन्। उनीहरूको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ट्रक चालक ५३ वर्षीय श्यामबहादुर तितुङलाई नियन्त्रणमा लिएको छ।