Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र मन्त्री घिसिङबीच छलफल

सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र मन्त्री घिसिङबीच छलफल

काठमाडौँ । सर्वोच्च अदालतले पद पुनर्स्थापना गरेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री कुलमान घिसिङसँग सिंहदरबारमा भेटवार्ता गरेका छन्।

मन्त्रालय स्रोतका अनुसार मन्त्री घिसिङले प्राधिकरण अहिले पूर्ण क्षमतामा काम गर्नैपर्ने समय भएको उल्लेख गर्दै नतिजामुखी काममा कुनै सम्झौता नगर्न सुझाव दिएका थिए। उनले आफू नतिजामा विश्वास गर्ने व्यक्ति भएको बताउँदै, संस्था चलाउँदा परिणाम देखिनुपर्ने आवश्यकता दोहोर्याए।

कार्यकारी निर्देशक शाक्यले विगतमा पनि घिसिङसँग सहकार्यमै काम गरेको स्मरण गर्दै, यसपटक पनि कार्यसमन्वयमा समस्या नआउने आश्वासन दिएका थिए।