Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ । डाविड मालानको दमदार खेलमा चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिइएको छ। कीर्तिपुर टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन जोड्यो।

चितवनका ओपनर मालानले ८० रन तथा अर्जुन साउदले ५२ रन बनाउँदै पहिलो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गरे। दुवैले अर्धशतक प्रहार गर्दै टिमलाई बलियो सुरुवात दिलाए।

अन्त्यतिर कप्तान कुशल मल्लले अविजित ३० रन (२ चौका, २ छक्का) योगदान दिए। सैफ जैब ७ रन र रबि बोपारा ३ रनमा आउट भए।

जनकपुरका बलरमध्ये माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले एक–एक विकेट लिए।

चितवनको उत्कृष्ट ओपनिङ साझेदारीले जनकपुरसमक्ष चुनौतीपूर्ण लक्ष्य खडा गरेको छ।