Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिक्षामन्त्री पुन अब देखी भाषण गर्न र रिबन काट्न कतै पनि नजाने, विदेशका कार्यक्रम पनि रद्द

शिक्षामन्त्री पुन अब देखी भाषण गर्न र रिबन काट्न कतै पनि नजाने, विदेशका कार्यक्रम पनि रद्द

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन भनेका हुन् । अहिले नयाँ मन्त्रीहरुलाई विभिन्न कार्यक्रममा बोलाउन आउने गरेको छ । हुनत यस अगाडी पनि कार्यक्रममा मन्त्री वा नेता बोलाउने पुरानै चलन हो । मन्त्री वा नेताका हातबाट विभिन्न कार्यक्रमको उद्घाटन गर्ने, शिलन्यासका कामहरु ग्र्न गरिको छ ।

मन्त्रीहरु एद्घाटन र शिलन्यासमा ब्यस्त हुने गरेका थिए तर, मन्त्री पुनले आफुलाई कार्यक्रममा नबोलाउन आग्रह गरेका हुन् । फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन्। मन्त्री पुनले आफ्नो सम्पूर्ण समय काममा लगाउन चाहेको संकेत गर्दै अनावश्यक समारोहहरूमा सहभागी नहुने स्पष्ट पारेका छन्। उनले भनेका छन् ।

 कृपया कसैले पनि र कहिंबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलन्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नु होला। म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गईन र जाँदैन। जानै पर्ने र नगई नहुने मिटीङहरुमा मात्र केहि मन्त्रीज्यूहरु बिदेश जानु भएको हो। बिदेश घुम्यो भनेर हल्ला नगर्नु होला।उनले भनेका छन् ।

मन्त्री पुनले अत्यावश्यक र नगई नहुने महत्त्वपूर्ण बैठक तथा कामहरूमा मात्र केही मन्त्रीहरू विदेश गएको स्पष्ट पारेका छन्। उनले ‘विदेश घुम्यो’ भन्ने हल्ला नगर्न पनि आग्रह गरेका छन् । बिशेष गरि नेपाली परिपाटि हेर्दा मन्त्री बन्ने बित्तिकै बिदेशी भ्रमण र शिलन्यास धेरै हुने गर्छन । बिदेश त मन्त्री हरुका लागी पानीको पधेँरो जस्तै बन्छन् । मन्त्रीहरुको अनावश्यक कार्यक्रममा हिढ्ने परिपाटीको आलोचना पनि धेरै नै हुने गरेको छ । काम भन्दा धेरै मन्त्रीहरुको दिनचर्या बैदेशीक भ्रमण र शिलन्यासका कार्यक्रममा बित्ने गरेको छ ।

उनले सरकारबाट सेवा सुविधा र तलब नलिने यस अगाडी नै घोषणा गरिसकेका छन् । उनी अहिले पनि मन्त्रालयमै बस्ने गरेका छन् । कुरा भन्दा पनि काम गरेर आफुले जनतालाई ६ महिनामा सक्दो डेलिभरी दिने उनको अठोट छ । मन्त्री पुन अहिले निकै रुचाईएका ब्यक्तीमा पर्छन ।  जेनजी आन्दोलन पनि उनी अन्तरिम सरकारको शिक्षा मन्त्री बनेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका वैज्ञानिक पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएलगत्तै आफ्नो फरक कार्यशैलीका कारण चर्चामा छन् ।